३ कार्तिक २०८३, मंगलबार

करेण्ट लागेर दुई जनाको मृत्यु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, २२ वैशाख । करेण्ट लागे कञ्चनपुर र रसुवामा एक एकजना गरी दुई जनको मृत्यु भएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका ७ उग्रतारा टोल बस्ने खडक कोलीको ११ वर्षीय छोरा दिपक कोलीको करेण्ट लागेर आइतबार दिउँसो मृत्यु भएको छ ।

आफ्नै घरमा मोटर चलाई पानी तानेर नुहाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल सेतीमा उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै, रसुवाको नौकुण्ड गाउँपालिका ५ भोर्ले बस्ने २६ वर्षीय बुद्धि बहादुर तामाङको करेण्ट लागेर आइतबार राति मृत्यु भएको छ ।

आफ्नै घरको कोठामा विद्युतीय बत्तीको चिम फेर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल त्रिशुली नुवाकोटमा उपचारको क्रममा मृत्यु भऐको हो ।

घटनाको सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।