
काठमाडौं, २२ वैशाख । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलले उपाध्यक्ष बामदेव गौतम प्रतिनिधि सभामा आउने तर प्रधानमन्त्री पदमा नपुग्ने दाबी गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली ५ बर्षको कार्यकालका लागि निर्वाचित भएको दाबी गरेका उनले गौतमलाई प्रतिनिधि सभामा ल्याउने निर्णय मात्र भएको बताएका हुन् ।
सचिवालयको बैठकले गौतमलाई प्रधानमन्त्री बनाउने निर्णय नभई उपयुक्त समयमा प्रतिनिधि सभाको सदस्य बनाउने भनेको उनले प्रष्ट बनाए ।
एउटा अन्तरवार्ताका क्रममा महासचिव पौडेलले यस्तो बताएका हुन् । सन्तुलित जवाफ दिएका उनले पार्टीमा कुनै गुट नरहेको र केही प्रश्नहरूको निराकरण सचिवालय बैठकले गरेको बताएका हुन् ।
नेकपाको आगामी महाधिवेशनसम्म दुई अध्यक्ष रहने व्यवस्था नहट्ने बताएका उनले एक व्यक्ति एक पदको अवधारणा तत्कालका लागि कार्यान्वयन नहुने बताए ।















प्रतिक्रिया