
काठमाडौँ, २१ वैशाख । नेपालगञ्जमा एकैदिनमा १५ जनामा कोरोना संक्रमण भेटिएको छ । आइतबार साँझ थप ६ जनामा संक्रमण देखिएको हो ।
भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि आइतबार नै ९ जनामा संक्रमण देखिएको थियो ।
केहीदिन अघि ६० वर्षीय पुरुषमा संक्रमण भेटिएको थियो । उनीसँग सम्पर्कमा आएका ९० जनाको स्वाब संकलन गरी परीक्षण गर्दा १५ जनाको कोरोना पोजेटिभ देखिएको हो । संक्रमितमध्ये ९ जना पुरुष र ६ जना महिला रहेका छन् । यससँगै नेपालमा संक्रमितको संख्या ७५ पुगेको छ ।















प्रतिक्रिया