३ कार्तिक २०८३, मंगलबार

नेपालगञ्जमा यसअघिका संक्रमितबाट अन्यमा सरेको खुलासा

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ वैशाख । नेपालगञ्जमा भेटिएका ९ जना नयाँ संक्रमितहरु यसअघिका संक्रमित व्यक्तिको सम्पर्कमा रहेको खुलेको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमितको पुष्टि गरेको हो ।

केही शुक्रबार नेपालगञ्ज उपमहानगरपालिका ८ का ५८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको थियो । उनलाई कोरोना संक्रमण पुष्टि भएपछि शुक्रबार रातीदेखि नै उक्त क्षेत्र सिल गरिएको थियो ।

शुक्रबार र शनिवार गरी उनको सम्पर्कमा आएका करिब १ सय जनाको स्वाबको नमुनासमेत जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेले संकलन गरेको थियो ।

संकलित नमुनालाई आइतबार पिसिआर मेसिनबाट परीक्षण गर्दा ९ जनामा कोरोना संक्रमण देखिएको हो । मुस्लिम समुदायका ती पुरुष नेपालगञ्जको मस्जिद र मदरसामा नियमित आवतजावत गर्ने व्यक्ति भएको जनाइएको छ ।

लकडाउनको समयमा पनि उनी नियमित रुपमा मस्जिद र मदरासामा आवत–जावत गर्ने गरेकाले उनीहरुको सम्पर्कमा आएका सबैको खोजी भइरहेको छ ।

आइतबार थप ९ जनामा संक्रमणको पुष्टि भएपछि नेपालगञ्ज उपमहानगरको वडा नम्बर ८ क्षेत्र सिल गर्ने तयारी गरिएको छ । उनीहरुसँग सम्पर्कमा रहेका अन्यको पनि परीक्षण गर्ने तयारी गरिएको छ ।