३ कार्तिक २०८३, मंगलबार

यसकारण भयो भैरहवामा कोरोना परीक्षण बन्द

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–प्रतिक पौडेल

भैरहवा, २१ वैशाख । प्रदेश जनस्वास्थ प्रयोगशाला भैरहवामा केमिकल अभाव भएपछि कोरोना परिक्षण गर्न नमुना काठमाडौं पठाउनु पर्ने भएको छ । प्रयोगशाला संचालनमा आएको १ महिना नपुग्दै केमिकल अभाव भएको हो ।

प्रदेश नं ५ रुपन्देहीको भैरहवा स्थीत विउविजन कार्यालयमा रहेको प्रदेश जनस्वास्थ प्रयोगशाला अत्याधुनिक स्तरको प्रदेशकै ठुलो प्रयोगशाला भनिएपनि एक महिना नपुग्दै केमिकल सकिएर कोरोना परिक्षणको कामनै रोकिने अवस्था सिर्जना भएको छ ।

प्रदेश नं ५ मा कोरोना परिक्षणको गति अन्य प्रदेशको तुलनामा एकदमै सुस्त रहेको अवस्थामा केमिकल अभावका कारण काठमाडौं स्थित केन्द्रिय जनस्वास्थ प्रयोगशालामा पठाउनु पर्ने स्थिती आएको छ ।

गत चैत्र २३ गते नमूना परिक्षण सफल भएपछि स्वाव परिक्षण शुरु गरिएको प्रयोगशालामा एक महिना नहुंदै केमिकल अभाव भएपछि परिक्षणनै बन्द हुने अवस्थामा पुगेको हो ।

प्रदेश नं ५ सामाजिक बिकास मन्त्री सुदर्शन बरालले प्रयोगशालामा केमिकल अभाव भएको जानकारी दिए । बरालका अनुसार अव केमिकल नआउदा सम्मको लागी नमुना काठमाडौं स्थित केन्द्रिय जनस्वास्थ प्रयोगशालामा पठाइनेछ ।

केमिकल अभावले परिक्षण नै रोकिन थालेपछि प्रयोगशालामा गरिएको लाखौं लगानी बालुवामा पानी हुने अवस्था आएको छ ।

हरेक प्रदेशमा एकएक वटा प्रदेशस्तरिय कोरोना परिक्षण प्रयोगशाला स्थापना गर्ने संघिय सरकारको निर्णय र सहयोगमा प्रदेश ५ को लागि भैरहवामा प्रयोगशाला स्थापना गरिएको थियो ।

शुरुका दिनमा आवश्यक जनशक्ति व्यवस्थापन हुन नसक्दा प्रयोगशालामा क्षमता अनुसारको स्वाव परिक्षण हुन सकेको थिएन ।

प्रयोगशालाबाट करिब एक महिनाको अवधिमा जम्मा ३ सय ३७ जनाको मात्रै स्वाव परिक्षण गरिएको छ ।

सुरुका केही दिन दाङमा संकलित स्वाव समेत भैरहवामा परिक्षण हुने गरेको थियो ।