
काठमाडौँ, २१ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले भारतबाट नेपालीहरु ल्याउने वातावरण नरहेको बताए । आइतबार बसेको मन्त्रिपरिषदको बैठकमा मन्त्रीहरुले सीममा अलपत्र परेका नेपालीहरुको बारेमा के गर्ने भन्ने जिज्ञासामा प्रधानमन्त्री ओलीले अहिले लोकप्रिय कुरा गरेर हजार १२ सय नेपाली भित्र्याउँदा स्वास्थ्यको हिसाबले जोखिमपूर्ण रहेको बताए ।
त्यस्तो निर्णय गर्दा कोरोना संक्रमणको जोखिम झन् बढ्न सक्नेबारे उनले औँल्याएका थिए ।
हाल उनीहरु रहेको ठाउँमा गम्भीर समस्या नभएको भन्दै प्रधानमन्त्री ओलीले अहिल्यै नेपाल ल्याउन नहुने बताए ।















प्रतिक्रिया