काठमाडौं, २१ वैशाख । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद शनिबार रातिदेखि तत्कालका लागि समाप्त भएको छ ।
तीन दिनभित्र अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले आफ्नो पक्षमा परिस्थितिलाई ल्याएर सहज अबतरण गराएका छन् । ओलीले अध्यक्ष र प्रधानमन्त्री दुबै पद सुरक्षित बनाएका हुन् ।
ओलीले सचिवालयमा आफ्नो पक्षमा बहुमत पु¥याएर शानदार जित हासिल गरेको चर्चा भएको छ ।
स्रोतका अनुसार ओलीले दोस्रो तहका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’लाई एकलौटी रुपमा अर्थात ‘सिंगल’ अध्यक्षका रुपमा पार्टी चलाउन दिनेभित्र सहमति गरेको चर्चा हुन थालेको छ ।
ओलीले पाँच वर्ष पूरै अवधि सरकार चलाउने सहमति प्रचण्डसँग गरेको एक नेताले बताए । प्रचण्डलाई ओलीले सरकार चलाउन सहमति दिएको चर्चा पनि छ । यो विषयमा केही भनिएको छैन ।
उपाध्यक्ष वामदेव गौतमका विषयमा सचिवालयले उपयुक्त समयमा प्रतिनिधि सभामा ल्याउने भनेको छ । त्यो उपयुक्त समय कहिले आउने हो केही भनिएको छैन ।
तर, गौतमलाई पाल्पा क्षेत्र नम्वर १ बाट चुनाव लडाउने चर्चा चलिरहेको छ । यो विषयमा गौतमले केही भनेका छैनन् ।
पाल्पा क्षेत्र नम्बर १ का नेकपाका सांसद दलबहादुर रानाले गौतमका लागि पाल्पामा ठाउँ खाली नभएको बताएका छन् ।
‘पाल्पामा उहाँका लागि अहिले ठाँउ खाली छैन, पार्टीले निर्णय पनि गरेको छैन’, सांसद रानाले भने, ‘सचिवालय बैठकमा र सम्बन्धित कसैसँग पनि छलफल र चर्चा भएको छैन ।’
‘बामदेव गौतमलाई पाल्पा क्षेत्र नम्बर १ बाट चुनाव लडाउने सहमति भएको भन्ने समाचार झूठो’, रानाले भने, ‘भ्रम पूर्ण र पार्टीको एकता बिरोधी षड्यन्त्रबाट प्रेरित छ ।’
नेकपा सचिवाल बैठकले गौतमलाई प्रतिनिधिसभामा लिने बताएपनि त्यो निर्णय कार्यान्वय हुनेमा सचिवालयकै सदस्यहरू विस्वस्त छैनन् ।
गत निर्वाचनमा बर्दियाबाट पराजित भएपछि गौतमले धेरै ठाउँ रिक्त गराएर चुनाव लड्ने तयारी गरेका थिए ।
तर, कुनैपनि क्षेत्र उनका लागि अनकुल बनेन् । डोल्पादेखि काठमाडौसम्म उनी चुनाव लड्न चाहेका थिए ।
प्रधानमन्त्री ओलीले नमान्दा उनी पुनः निर्वाचनमा जान सकेका थिएनन् । यसपटक उनलाई प्रतिनिधिसभामा लिने निर्णय गरिएको छ । कहाँबाट भन्ने तोकिएको छैन ।
प्रधानमन्त्री बन्ने गौतमको हुटहुटी मेट्न पनि सचिवालय बैठकले प्रतिनिधिसभामा लिने निर्णय गरेको हुन सक्छ । गौतमका लागि अहिले पनि धोका भयो भन्नेहरू धेरै छन् ।











प्रतिक्रिया