३ कार्तिक २०८३, मंगलबार

नेकपा सचिवालय बैठक अपरान्ह ४ बजे, के आउला निष्कर्ष ?

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० वैशाख । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज अपरान्ह ४ बजे बस्ने भएको छ । नेकपामा सिर्जना भएको पछिल्लो आन्तरिक विवादले स्थायी समिति बैठक बोलाउनेदेखि सरकारको विकल्पबारे सम्मका विषय उठेका छन् ।

बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउन यसअघि गरेको प्रस्तावबारे थप छलफल हुने जनाइएको छ ।

यसअघि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधव नेपालबीच भएको भेटवार्ताले प्रधानमन्त्री ओलीले निकास दिनुपर्ने बताएका थिए ।

वुधबारको सचिवालयमा ओलीले गौतमलाई कोरोना महामारीपछि प्रधानमन्त्री बनाउन सकिने प्रस्ताव राखेका थिए । पार्टीभित्र र बाहिरसमेत निर्वाचनमा पराजितलाई प्रधानमन्त्री बनाउन नहुने बहस चेलेको भएपनि केही नेताहरु त्यसको उपेक्षा गरिरहेका छन् ।

आजको बैठकमा दुवै पक्षबाट केही ठोस प्रस्ताव तथा निर्णय आउन सक्ने आंकलन गरिएको छ ।