७ मंसिर २०८३, सोमबार

नेकपाको सचिवालय बैठक बस्दै, यस्तो छ नेताहरूको तयारी

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० वैशाख । पार्टीभित्रको विवाद मिलाउने प्रयास स्वरुप सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालयको बैठक बस्दै छ ।

अपरान्ह चार बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सचिवालयको बैठक बस्नेछ । बैठकमा प्रधानमन्त्री केपी ओलीको राजीनामाका विषयमा छलफल हुनेछ ।

उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने विषयमा पनि छलफल हुन सक्नेछ । अघिल्लो बैठकमा ओलीले लकडाउन सहज भएपछि आफूले राजीनामा दिने र गौतमलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका थिए ।

दुई दिनदेखि प्रधानमन्त्री ओली आफ्नो पक्षमा माहोल बनाउन राजनीतिक सम्वादहरू गर्दै आएका छन् ।

उता, दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालले पनि सम्वादहरू गर्दै आएका छन् ।

ओलीले शुक्रबार प्रचण्डसँग सम्वाद गरेका थिए । सो क्रममा ओलीले आफूलाई पाँच वर्ष प्रधानमन्त्रीमा सहयोग गर्न आग्रह गर्दै पार्टी एकलौटी रुपमा चलाउन प्रचण्डलाई प्रस्ताव गरेको चर्चा पनि छ ।