
सुनसरी, १९ वैशाख । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ईटहरी उपमहानगरपालिका ११ सिमरवना चोक बस्ने १९ वर्षीय त्रिलोचन चौधरी समेत २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सोही उपमहानगरपालिकास्थित एकान्त बगैँचा घारीमा गत आइतबार राति ती किशोरीलाई ९ जनाले सामुहिकरूपमा जबरजस्ती करणी गरेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले घटनामा संलग्न चौधरी समेत २ जनालाई पक्राउ गरेको हो ।
घटनामा संलग्न फरार रहेका अन्य व्यक्तिहरूको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ















प्रतिक्रिया