३ कार्तिक २०८३, मंगलबार

चीनको गान्सु प्रान्त सरकारद्धारा बागमती र प्रदेश पाँचलाई स्वास्थ्य सामाग्री प्रदान

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ वैशाख । विश्वव्यापी महामारीको रुप लिईरहेको कारोना भाइरस (कोभिड–१९) का विरुद्ध लड्न चीनको गान्सु प्रान्त सरकारले नेपालको बागमति प्रदेश र प्रदश नं ५ लाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

शुत्रवार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा आयोजित एक कार्यक्रममा गान्सु प्रान्त सरकारका प्रतिनिधी होङ्ग होङ्गले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईको रोहोबरमा सो मन्त्रालयका सचिव केदारवावु अधिकारीलाई २० हजार थान सर्जिकल मास्क र एक हजार थान पिपिई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै मन्त्री भट्टराइले कोरोना विरुद्धकोे लडाई जित्नका लागि प्राप्त स्वास्थ्य सामाग्रीले ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

यो खालको सहयोगले नेपाल –चीनवीचको सम्वन्धलाई अझ सुदृढ बनाउनुका साथै दुई देशका जनतावीचको सम्वन्धलाई पनि प्रगाढ बनाउने विश्वास मन्त्री भट्टराईले व्यक्त गरे ।

मन्त्रालयका सचिव अधिकारीले प्राप्त सहयोगका लागि सरकारका तर्फबाट धन्यवाद व्यक्त गर्दै यसवीचमा चीन सरकारका विभिन्न तहबाट प्राप्त सहयोगको पनि उच्च प्रशंसा गरे ।

त्यस्तै, गान्सु प्रान्त सरकारका प्रतिनिधी होङ्गले आफ्नो सरकारका तर्फबाट यो पहिलो सहायता भएको उल्लेख गर्दै आवश्यकता अनुसार थप सहयाग गर्दै जाने बताए ।

चीनवाट शुरु भएको कोरोनाको प्रकोप अहिले विश्वव्यापी भइसकेको सन्दर्भमा आफूहरुले यसवाट प्रभावित देशहरुलाई सक्दो सहयोग गर्न चाहिरहेको उल्लेख गर्दै उनले कोरोना विरुद्धको यो लडाई जित्न थप आवश्यकता चाहिएमा खुलस्त रुपमा भन्न समेत आग्रह गरे ।

उनले भने–‘नेपाललाई यो महामारीबाट हुनसक्ने धनजनको क्षतीवाट बचाउन थप आवश्यकता चाहिए खुलस्तरुपमा भन्नुहोला, हामी सहयोगका लागि तयार छौँ ।’

यस्ता महामारी र प्रकोप मानिसको नियन्त्रणमा नहुने उल्लेख गर्दै उनले मानव– मानववीचको सद्भाव कायम राख्न र दुई देशवीचको प्रगाढ सम्वन्धलाई अझ सुदृढ बनाउने निरन्तरताका रुपमा यो सहयोग प्रदान गरिएको बताए ।