३० आश्विन २०८३, शुक्रबार

आपत्तिजनक अवस्थामा पक्राउ परेका कुमारी बैंकका सिइओले राजिनामा दिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Udaya-Krishna-Upadyaकाठमाडौं, २७ फागुन । युवतीसंग रासलिला गर्ने क्रममा केटीसहित पक्राउ परेका कुमारी बैंकका कार्यकारी अधिकृत उदयकृष्ण उपाध्यायले राजिनामा दिएका छन् ।

गत शुक्रबार बैंकलाई राजिनामा पत्र पठाउँदै उनले कुमारी बैंकको सिइओ पदबाट औपचारिक रुपमा राजिनामा दिएका हुन् । उपाध्याय गत फागुन ११ गते राजधानीको एक रेस्टुरेन्टबाट केटीसहित पक्राउ परेका थिए ।

बैंक सञ्चालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरिसकेको छ । उनलाई सञ्चालक समितिले केटीसहित आपत्तीजनक अवस्थामा पक्राउ परेको खबर आएपछि अगाडी नै निलम्बन गरेको थियो ।

उपाध्यायले राजिनामा दिएपछि बैंक सञ्चालक समितिले डेपुटी सीइओलाई कामू सिइओको जिम्मेवारी दिएको छ । उपाध्यायले बैंकबाट १५ दिनको छुट्टी लिएर युवतीसंग दिउँसै मस्ती गर्दै गर्दा पक्राउ परेका थिए ।

यो पनि पढ्नुहोस् ।
कुमारी बैंकका सिइओ आपत्तिजनक अवस्थामा पक्राउ परेपछि…