३ कार्तिक २०८३, मंगलबार

विदेशमा रहेका कामदारलाई स्वदेश फर्काउन पौरखीको माग

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ वैशाख । वैदेशिक रोजगारबाट फर्केर आएका कामदारको संस्था पौरखी नेपालले विदेशी भूमिमा अलपत्र परेका कामदारलाई स्वदेश ल्याउन सरकारसंग माग गरेको छ ।

१३१ औँ अन्तर्राष्टिय श्रमिक दिवशको उपलक्षमा एक बक्तव्य जारी गर्दै पौरखी नेपालले सो माग गरेको हो । विश्वव्यापी महामारीका रुपमा देखा परेको नोवल कोभिड–१९ नामक कोरोना भाइरसको सामना गर्न बन्दाबन्दीका कारण लाखौ नेपाली कामदार विदेशी भूमिमा रोकिएको दावी गर्दै पौरखी नेपालले उनीहरुको स्वदेश फर्क पाउने सार्वभौम मानव अधिकार खोसिएको उल्लेख गरेको छ ।

पौरखी नेपालका तर्फबाट निवर्तमान अध्यक्ष मन्जु गुरुङ द्धारा जारी बक्तव्यमा श्रमजिबी कामदार वर्गको जिविका प्रभावित बनेको र अनेकौ विपन्न बालबालिका, ज्येष्ठ नागरिकको गाँस खोसिएका स्मरण गरिएको छ ।

‘नेपाली कामदारहरु यतिबेला विदेशी भूमिमा कोरोना संक्रमणको उच्च जोखिममा परेर पनि मानवोचित उपचार, राहत र मातृभूमिमा फर्कन पाउने सार्वभौम मौलिक मानवअधिकारबाट बन्चितहुन परिरहेको छ । हजारौ नेपाली कामदारहरु विदेशको सडकमा अलपत्र परेका छन् ।

भारतमा काम गर्न गएका कामदारहरु सीमामा रोकिएका छन् भने आन्तरिक श्रम बजारमा कार्यरत श्रमिकहरु नाजुक जीवन बाँच्न बाध्य भएका छन् ।’ पौरखी नेपालको वक्तव्यमा भनिएको छ, ‘यसमापनि सबै भन्दा बडी जोखिममा नेपाली महिला कामदारहरु भएको कतैबाट छिपेको छैन ।

खास गरेर महिलालाई वैदेशिक रोजगारमा प्रतिबन्ध लागेका कारण वैकल्पिक माध्यमबाट विदेशी भूमिमा पुगेका महिला कामदारहरु स्वदेश फर्कने अनुमति समेत नपाएर बिजोगको अवस्थामा पुगेका छन् ।’

अन्तर्राष्ट्रिय श्रमिक दिवशका अवसरमा ज्यान र जीवन संकटमा परेका ती श्रमजिवी कामदार वर्गलाई लक्षितगरि शिघ्र विशेष कार्यक्रम घोषणा गरियोस भन्ने माँग पौरखी नेपालले गरेको छ ।

वैदेशिक रोजगारमा जाने महिला घरेलु कामदार माथि लगाइएको प्रतिबन्ध तत्काल फुकुवा गरी नेपाल फर्कन पाउने आधारभूत मानवअधिकारको संरक्षण गन पनि उस्ले सुझाएको छ ।

पौरखी अगाडि भन्छ, नेपाल महामारीको संकटबाट प्रभावित कामदारलाई उचित क्षति पुर्ति, राहत, र रोजगारीका वैकल्पिकमार्ग खोल्न हार्दिक अपिल गर्दछौँ ।