३ कार्तिक २०८३, मंगलबार

रुपन्देहीका कोरोना संक्रमित युवा वैशाख ५ मा दिल्लीबाट आएका

924
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–प्रतिक पौडेल

भैरहवा, १९ वैशाख । रुपन्देहीको कोटहीमाई गाउँपालिका बस्ने एक युवामा कोरोना संक्रमण देखिएको छ ।

कामको सिलसिलामा भारतको दिल्ली बस्दै आएका २५ वर्षिय युवाको स्वाब परिक्षण गर्दा कोभिड–१९ पोजिटिभ देखिएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट उनीमा कोरोना पुष्टी भएको हो ।

वैशाख ५ गते नेपाल आउनासाथ कोटहीमाई स्थित माझगावा आदर्श मा विको क्वारेन्टाइन राखिएको थियो । भाईलाई लिन दाई गएकोले दाईलाई पनि क्वारेन्टाइनमा राखी अन्यको पनि ट्रेकीङ गरिरहेको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीले बताए ।

अविवाहित रहेका उनलाई क्वारेन्टाइनमा राखी बैशाख १७ गते स्वाबको नमुना टेकु प्रयोगशाला पठाइएको थियो । अहिले विरामीको अवस्था सामान्य छ उनको बुटवल स्थित धागो काराखानाको अस्थायी कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ ।

नेपालगञ्ज र रुपन्देहीका एकएक जनामा कोरोना पोजिटिभ देखिएसँगै नेपालमा संक्रमितको संख्या ५९ पुगेको छ । १६ जना भने निको भएर घर फर्किएका छन् । अन्य बिरामीको विभिन्न अस्पतालमा उपचार भइराखेको छ ।