
काठमाडौँ, १९ वैशाख । नेपालमा थप दुई जनामा कोरोना संक्रमण पुटि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति निकाल्दै रुपन्देही र बाँकेमा एक एक जना गरी थप दुई जना कोरोना संक्रमित भेटिएको जनाएको छ ।
मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार नयाँ संक्रमित रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुष रहेका जानकारी दिएका छन् ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ जना पुगेको छ ।















प्रतिक्रिया