३ कार्तिक २०८३, मंगलबार

बम बिस्फोटबाट बालबालिकाको मृत्यु भएको घटनाबारे अनुसन्धान र कारवाही गर्न कांग्रेसको माग

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ वैशाख । कांग्रेसले रोल्पामा बम बिस्फोट भएर चार जना बालबालिकाको मृत्यु भएकोमा घटनाबारे गम्भीर रुपमा अनुसन्धान गरी दोषीमाथि कारवाही गर्न माग गरेको छ ।

बिहीबार साँझ त्रीवेणी गाउँपालिकामा बम बिस्फोटमा परेर ४ अबोध बालबालिका ११ वर्षीय विमला खत्री, ५ वर्षीय विजय खत्री, १३ वर्षीय गौरव नेपाली र १४ वर्षीय नोखीराम डाँगीको मृत्यु भएको थियो ।

कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माद्धारा जारी विज्ञप्तिमा एक मात्रै पनि निर्दोष नागरिकको मृत्यु सामान्य कुरा नभएको उल्लेख छ । त्यसमा पनि ४ नाबालकको बिस्फोटमा मृत्यु हृदयविदारक रहेको शर्माले जनाएका छन् ।

उनले यो घटनाको गहिरो रुपमा अनुसन्धान गर्न सरकार समक्ष माग गरेको शर्माले जनाएका छन् ।

त्यस्तै, बिस्फोटमा जीवन गुमाउने बालबालिकाप्रति पार्टीले श्रद्धाञ्जली व्यक्त गरेको छ भने शोकाकूल सम्बन्धित परिवारजनमा समवेदना व्यक्त गरेको छ ।