३ कार्तिक २०८३, मंगलबार

श्रमिकले श्रम गरिदिएकोले आज हामी सफल छौँ : संगम स्वीट्स सञ्चालक शर्मा

826
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-एसपी उप्रेती

दमक, १९ वैशाख । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा संगम स्वीट्सले आफ्ना श्रमिकहरुलाई शुभकामना दिएको छ । संगम स्वीट्सको देशव्यापी रुपमा रहेका शाखाहरु झापा, मोरङ, काठमाडौँका विभिन्न शाखामा करिव २५० श्रमिकहरु काम गर्दै आईरहेका छन् ।

यो महामारी र लगडाउनको अवस्थामा ती अधिकांश श्रमिकहरुलाइ संगम स्वीट्सले खान र बस्नको उचित व्यवस्थापन गरेको त्यसका सञ्चालक संगम शर्माले बताएका छन् ।

श्रमिकले श्रम गरिदिएकोले आज संगम स्वीट्स परिवार यो ठाउँमा पुग्न सफल भएको भन्दै शर्माले यसको श्रेय श्रमिकलाई दिन चाहेको बताए ।

उनले भने, “श्रमिकहरुले इमानदारपूर्वक काम गरिदिएकोले संगम स्वीट्स परिवारले देशव्यापी रुपमा अघि बढ्दै सफलता हासिल गरेको हो, त्यसकारण यसको श्रेय म कर्मठ श्रमिकहरुलाई दिन चाहन्छु ।”

शर्माले १३१ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा श्रमिक र उद्यमी दुवैको समन्वय र एकताबाट वैज्ञानिक समाजवाद तर्फको यात्रा अगाडी बढोस् भन्ने शुभकामना दिए ।

त्यस्तै, शर्माले कोभिड १९ को प्रकोपबाट सबैभन्दा बढी प्रभावित दैनिक ज्यालादारी मजदुरहरु तथा सबै श्रमजीवीहरुको हित र सुविधाको निमित्त सरकारले उदारतापूर्वक सहयोग गर्न आजको दिनले प्रेरणा देओस् भन्ने शुभकामना दिएका छन् ।

संगम शर्माले विगत २५ वर्षदेखि झापाको दमकबाट सुरु गरेका शाहाकारी भोजन तथा स्वीट्स पसलको रुपमा रहेको संगम स्वीट्सका हाल राजधानी काठमाडौँलगायत देशका अन्य जिल्लामा पनि शाखाहरु सञ्चालनमा छन् ।

अरु सबै ननभेज आइटममा लागिरहेका बेला पूर्ण रुपमा भेज आइटम उत्पादन गरेर बेच्न सुरु गरेको संगम स्वीट्स अहिले आफैँमा एउटा ब्राण्ड बनेको छ । मिठाईका परिकारहरुमा पनि यसले राम्रो ख्याति कमाएको छ ।