
काठमाडौँ, १९ वैशाख । कोरोनाभाइरस (कोभिड–१९) को जोखिमको ख्याल गर्दै मानिसहरुले अण्डाको बढी उपभोग गर्न थालेका छन् ।
मूल्य घटाएर बिक्री गरेसँगै अहिले अण्डा भण्डारण गर्नु नपरेको कृषक बताउँछन् ।
अहिले अण्डाको मूल्य प्रतिक्रेट २७० रुपैयाँ पुगेको छ ।
नेपाल अण्डा उत्पादक सङ्घले उत्पादन कम भएको तर भण्डारण गरेर राख्नु नपरेको जानकारी दिए । लकडाउनमा घर बस्नेहरुले अण्डाको उपभोग निकै बढाएको उनको भनाइ छ ।
लकडाउनअघिसम्म दैनिक ३५ लाख वटा हाराहारी अण्डा उत्पादन हुने गरेकामा यो सङ्ख्या घटेर २५ लाख हाराहारीमा झरेको अध्यक्ष केसीको भनाइ छ ।















प्रतिक्रिया