काठमाडौं, १९ वैशाख । हालै मात्र सामाजिक सञ्जालमा जोडिएका पूर्वराजा ज्ञानेन्द्र शाहको ट्वीटर एकाउन्ट चलायमान देखिएको छ ।
देशमा भएका राजनीतिक र सामाजिक विषयमा उनले उक्त फोरम मार्फत आफ्ना धारणा सार्वजनिक गर्न थालेका छन् ।
जी. शाहका नाममा चलायमान रहेको ट्वीटर एकाउन्टमा शुक्रबार बिहान उनले मजदुर दिवस र रेडियो नेपालकी पहिलो गायिका रानुदेवी अधिकारीको निधनको विषयलाई उल्लेख गरेका छन् ।
रानुदेवीको निधनबारे पूर्वराजा लेख्छन्,‘रेडियो नेपालकी प्रथम गायिका तथा प्रजातन्त्र सेनानी रानुदेवी अधिकारीको निधनले नेपाली कला क्षेत्रमा अपुरणीय क्षति भएको छ । यस दुःखद् घडीमा वहाँका परिवारजन र सम्पू्र्ण कला प्रेमी तथा प्रंशसकहरुमा ईश्वरले धैर्य धारण गर्न सक्ने क्षमता प्रदान गरून् । आत्माको चीर शान्तिको कामना । ॐ ।’
मे दिवसका अवसरमा पूर्वराजाले भनेका छन्,‘ संसार भर नै मजदूरहरुलाई प्रयोग गर्ने र आफ्नो निहित राजनैतिक स्वार्थ सम्पन्न भए पछि दुत्कार्ने प्रवृत्ति हावी भएको अवस्थामा मे दिवसको आफ्नै सार्थकता छ । विश्वभरीका मजदूर आफ्नो सामाजिक र आर्थिक सुरक्षा तथा प्रतिष्ठाका लागि एक हुन सकून भन्ने शुभकामना छ ।’











प्रतिक्रिया