२९ आश्विन २०८३, बिहिबार

मेस्सीलाई पछार्दै रोनाल्डो च्याम्पियन्स लिगको क्वाटरफाईनलमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

cristiano ronaldo vs lionel messi

काठमाडौं २७ फागुन । विश्व फुटबलका दुई हस्ती क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीबीच जहिले पनि प्रतिस्पर्धा हुँदै आएको छ । जसमा अहिलेसम्म मेस्सीले रोनाल्डोलाई पछ्याउन सकेका छैनन् ।

बराबरी अंकमा पुगेपनि पछ्याउन सकेका छैनन् । हिजोको खेलमा मेस्सीले रोनाल्डोसंग बनाएको बराबरी गोल अंकलाई फेरि रोनाल्डोले अग्रता लिएका छन् । यसअघि दुवैको समान ७५/७५ गोल थियो ।

एक गोल थप्दै रोनाल्डोले मेस्सीलाई पछ्याएका हुन् । मंगलबार राति भएको च्याम्पियन्स लिगको प्रि क्वाटरफाइनलको दोस्रो लेगमा शाल्केविरुद्ध दुई गोल गर्दै रोनाल्डोले मेस्सीलाई पछ्याएर नयाँ कीर्तिमान समेत बनाएका छन् ।

रोनाल्डोको २ गोलको मद्दतले रियल मड्रिड च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ । हिजोको खेलमा शाल्के ४-३ ले विजयी भएपनि समग्रमा ५-४ को जितका साथ साविकको विजेता रियल मड्रिड क्वाटरफाईनलमा प्रवेश गरेको हो ।

रोनाल्डोले च्याम्पियन्स लिगमा ११५ खेलबाट सर्वाधिक ७६ गोल गर्दै नयाँ कीर्तिमान बनाएका छन् । मेस्सीले ९३ खेलबाट ७५ गोल बनाएर दोस्रो स्थानमा झरेका छन् ।