
काठमाडौँ, १८ वैशाख । गएको हप्तामा महोत्तरीको एक बस्तीमा लगातार ७ जनाको रहस्यमय मृत्यु भएको छ । महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ७ को मेघनाथ गोरहन्ना बस्तीमा एक साताभित्र ७ जनाको मृत्यु भएको हो ।
यसरी रहस्यमय मृत्यु भएपछि स्थानीयहरु त्रसित बनेका छन् ।
बुधबार राती स्थानीय ३२ वर्षीय सिकिन्दर सिंह र बिहीबार दिउँसो स्थानीय ५५ वर्षीय सिताई महराको मृत्यु भएको मेयर सञ्जिव साहले जानकारी दिए ।
त्यसअघि मंगलबारदेखि बुधबारसम्म ४० वर्षीय मोहन चौधरी, ५२ वर्षीय नथुनी चमार, ५४ वर्षीय लालबाबु सिंह र बर्दिवास नगरपालिकाका ५२ वर्षीय गंगाराम सदाको मृत्यु भएको थियो । सुरुमा ५५ वर्षीय महेन्द्र चौधरीको समेत मृत्यु भएको साहले बताए ।
उनीहरुको अत्याधिक मदिरा सेवनले ज्यान गएको आशंका अनुमान गरिए पनि यकिन कारण भने खुलेको छैन ।
स्थानीय प्रशासनले मृत्युको कारण खुल्न नसकेपछि मृतकको पोष्टमार्टमसँगै कोरोना संक्रमणको परीक्षण समेत गर्ने भएको छ । रक्सी सेवनले मृत्यु भएको अनुमान गरिए पनि तीन चार जना रक्सी सेवन नगरेकाको पनि मृत्यु भएपछि कोरोना परीक्षण गरिने भएको हो ।















प्रतिक्रिया