३ कार्तिक २०८३, मंगलबार

अपहरणकारी समात्ने नेपाल प्रहरीका जवान नै अपहरणमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-policeम्याग्दी, २७ फागुन । अपहरणकारी समात्ने नेपाल प्रहरीका जवानलाई अपहरण गरिएको आशंका गरिएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीमा कार्यरत एक प्रहरी जवान सात दिनदेखि सम्पर्कविहीन भएपछि अपहरणमा परेको आशंका गरिएको हो ।

फागुन २० गतेदेखि बेपत्ता भएका प्रहरी जवान युवराज पौडेलको अवस्था अझै अज्ञात रहेको जिल्ला ट्राफिक कार्यालय प्रमुख विकास तिमिल्सिनाले जानकारी दिनुभयो ।

“हामीले धेरै ठाउँमा खोजी गरे पनि पत्ता लागेको छैन । दिनभर सम्पर्कमा हुनुहुन्थ्यो”–उहाँले भन्नुभयो । बागलुङ अधिकारीचौर घर भएका पौडेलका बारेमा आफन्तले समेत खोजी गरिरहेका छन् ।

खोजी गर्ने क्रममा प्रहरीले कालीगण्डकी नदीमा पौडेलका दुईथरी चप्पल फेला पारेपछि आत्महत्याको आशङ्का गरेपनि थप प्रमाणहरु फेला परेको छैन ।

पौडेलले दुईथरी चप्पल किन लगाए भन्ने विषयमा प्रहरीसमेत अचम्भित भएको छ । “चप्पललाई आधार मानेर खोलामा खोजीकार्य गरिरहेका छौँ ।

उनका निकटलाई पनि सम्पर्क गरेर जानकारी लिएका छौँ”–प्रहरी निरीक्षक बिमलकुमार उपाध्यायले भन्नुभयो । उहाँले बागलुङ तथा पौडेलका आफन्त भएका हरेक क्षेत्रमा खोजीकार्य गरिरहेको बताउनुभयो ।

प्रहरीले पर्वत, बागलुङ प्रहरीलाई समेत जानकारी गराएको छ । पौडलले फागुन ११ गते एटिएम कार्डको प्रयोग गरी आफ्नो सबै तलब पनि निकालेको देखिएको छ ।

म्यादी प्रहरीले पैसा निकालेको थाहा पाएपछि अपहरणमा परेको हुन सक्ने आशंका पनि गरेको छ । उनको खोजी कार्य जारी छ ।