
काठमाडौँ, १८ वैशाख । ज्वरो नाप्ने थर्मल गनमा कालोबजारी गरेको आरोप लागेका व्यवसायी सुलभ अग्रवालसँग काठमाडौँ जिल्ला अदालतले २५ लाख ५० हजार रुपैयाँ धरौटी माग गरेको छ ।
जिल्ला अदालतमा न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासमा सुनुवाइ भएको थियो ।
अग्रवालले ५ हजारको थर्मल गन १५ हजार रुपैयाँमा बेच्न लागेको भन्दै प्रहरीले केहीदिन अघि पक्राउ गरेको थियो ।















प्रतिक्रिया