३ कार्तिक २०८३, मंगलबार

बालिकामाथि करणी गरेको अभियोगमा पक्राउ

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

झापा, १८ वैशाख । ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कनकाई नगरपालिका ७ बस्ने १६ वर्षीय निश्चल राईलाई बुधबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

राईले ती बालिकालाई ललाइ फकाई नजिकैको कुखुरा फर्मको दाना राख्ने कोठामा लगि जबरजस्ती करणी गरेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।