७ मंसिर २०८३, सोमबार

नेकपा सांसद सिलवाल भन्छन्– यो सरकार परिवर्तनको समय होइन

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ वैशाख । नेपाल कम्युनिस्ट पार्टीबाट ललितपुर–१ का प्रतिनिधि सभा सदस्य नवराज सिलवालले सुझबुझपूर्ण हिसाबले संवादमार्फत समस्याको समाधान निकाल्न नेताहरूलाई सुझाव दिएका छन् ।

‘जनताको पपुलर म्यान्डेड पाएर सुदृढ र स्थायी सरकार गठन गर्न सफल नेकपा र आन्दोलनलाई समाप्त पार्न एवं एकीकृत पार्टीलाई छिन्नभिन्न पार्न देशी विदेशी शक्तिहरू कृयाशील रहेको यो घडीमा सचिवालयका हाम्रा नेताहरूले सुझवुझपूर्ण संबाद मार्फत समाधान निकाल्नु पर्नेछ ।’

उनले अगाडि भनेका छन्,‘यो सरकार परिवर्तनको समय होइन । अहिले कोरोनाविरूद्धको लडाईमा पार्टी, सरकार र मुलुक एक भएर जुट्नु पर्ने समय हो ।’

नेकपा सचिवालय सदस्यहरू र नेताहरूबीच देखिएको अन्तरविरोध तत्काल अन्त्य गरी मुलुकलाई अगाडि बढाउनुपर्ने उनको धारणा छ ।

‘जनताले स्थायी सरकारमार्फत चाहेका विकासलगायतका एजेन्डा कार्यान्वयनका लागि म्यान्डेड नेकपालाई दिएका हुन् विवाद निकालेर सरकार परिवर्तनसम्मका चर्चाका लागि होइन’, उनको भनाईको सार छ ।

बुधबार सचिवालय बैठकका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीपछि सरकारको जिम्मा उपाध्यक्ष बामदेव गौतमलाई दिने र पार्टी अध्यक्षमा माधवकुमार नेपाललाई ल्याउने प्रस्ताव गरेको विवरण सार्वजनिक भएको पृष्ठभूमीमा सिलवालको यो धारणा सार्वजनिक भएको हो ।