३ कार्तिक २०८३, मंगलबार

स्रोत नखुलेको साढे ११ लाख रुपैयाँसहित पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

पर्सा, १८ वैशाख । प्रहरीले वीरगंजबाट स्रोत नखुलेको ११ लाख ५० हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।

वीरगंज महागरपालिका १६ रजतजयन्ती चौकबाट उक्त रुपैयाँसहित सोही वडाको इनर्वागाउँ बस्ने २९ वर्षीय लालबाबु कुमार यादवलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

उक्त स्थानमा अवैध वित्तिय कारोवार (हुण्डी) भइरहेको भन्ने सूचानका आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले रक्सौलबाट वीरगंजतर्फ जाँदै गरेको ना.६२ प ९५७१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार यादवलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ