
काठमाडौं, १८ वैशाख । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले सांसद विकास कोष खारेजका लागि सरकारलाई अनुरोध गरेको छ । तीन तहको सरकार बनेको र विकासका लागि स्थानीय, प्रदेश सरकारले काम गरिरहेका कारण प्रतिनिधि सभाका सांसदको कोष आवश्यक नरहेको अथ्र्याउँदै उसले यो माग अघि सारेको हो ।
हाल कोरोना भाइरसको महामारीका कारण विश्व अर्थतन्त्र नै कमजोर बनेको अवस्थामा यसलाई फजुल खर्च सरह ठानेर आगामी बजेटमा कोष खारेजीका लागि कांग्रेसको माग छ ।
त्यसो त विकासका नाममा सांसदलाई ६ करोडसम्म दिनु गलत भएको भन्दै सर्वत्र आलोचना भएपछि कांग्रेसले उतिबेला देखि नै यस्तो रकम हटाउनका लागि अपिल गरेकै थियो । औपचारिक माग भने गरेको थिएन ।
बुधबार अबेरसम्म बसेको बैठले औपचारिक रुपमा नै यस्तो कोष नराख्दा उपयुक्त हुने निर्णय भएको एक नेताले बताए । कांग्रेसले सरकारले कोरोना महामारी नियन्त्रणलगायतका विषयमा प्रभावकारी काम नगरेको पनि ठहर गरेको छ ।











प्रतिक्रिया