काठमाडाैं, १८ वैशाख । काठमाडाैंमा लकडाउन उल्लंघनको आरोपमा प्रहरीले बिहीबार एक हजार ५ सय ८ जनालाई कारबाहीमा गरेकाे छ ।
बिहान ८ बजेसम्मको अवधिमा अनावश्यक रुपमा सडकमा निस्किएका व्यक्तिलाई उपत्यकाको काठमाडौं, भक्तपुर र ललितपुरबाट कारबाही गरिएको हो ।
महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रहरी निरीक्षक नहकुल गौतमका अनुसार यो अवधिमा एक हजार ९२ जना पुरुष र ४ सय १६ जना महिला पक्राउ परेका छन् ।
उनीहरूलाई बिहान तीन घन्टासम्म सकडमै उभ्याइएको छ । उपत्यकाको विभिन्न क्षेत्रबाट १ सय १० वटा सवारीसाधन नियन्त्रणमा परेको उनले जनाए ।











प्रतिक्रिया