
काठमाडौँ, १७ वैशाख । नेकपाको सचिवालय बैठकमा पार्टीको आन्तरिक विवादका विषयमा छलफल भएको छ ।
बैठकले कुनै ठोस निष्कर्ष भने निकालेन । वुधबार साँझ बालुवाटारमा बसेको बैठकमा आन्तरिक समस्या, एकताको सुदृढिकरणको महत्व र स्थायी कमिटीबारेमा छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । वैशाख २० गते सचिवालय बैठक बसेर विवादको समाधान गर्ने प्रवक्ता श्रेष्ठले बताए ।
अध्यादेश जारी तथा फिर्ता प्रकरणले नेकपामा विवाद चुलिएको छ ।















प्रतिक्रिया