काठमाडौं । संविधानसभा उपनिर्वाचनका लागि दलहरुले आइतबार आ–आफनो उम्मेदवारी दर्ता गराएका छन् ।
काठमाडौं २ का लागि नेकपा एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ, एमाओवादीका लिलामणि पोखरेल, नेपाली काँग्रेसका दीपक कुइँकेलले उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ ।
उम्मेदवारी दर्ता गराउन नेता तथा कार्यकर्ता जुलुसका साथ निर्वाचन कार्यालय पुगेका थिए । त्यसैगरी, चितवन ४, बर्दिया १ र कैलाली ६ का लागि पनि उम्मेदवारी दर्ता भएको निर्वाचन कार्यालयले जनाएको छ ।
एमाले वरिष्ठ नेता माधवकुमार नेपालले छाडेको काठमाडौ क्षेत्र नम्बर २, प्रधानमन्त्री तथा कांगेस सभापति सुशील कोइरालाले छोडेको चितवन क्षेत्र नम्बर ४, गृहमन्त्री तथा एमाले उपाध्यक्ष वामदेव गौतमले छाडेको बर्दिया १ र कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवाले छाडेको कैलाली ६ मा असार ८ गते उपनिर्वाचन हुँदैछ ।
















प्रतिक्रिया