काठमाडौँ, १७ वैशाख । प्रधानमन्त्री केपी ओलीले संसद भवन पुगेर संसद बैठक कक्षको अवलोकन गरेका छन् । बुधबार प्रधानमन्त्री ओलीले अवलोकन गरेका हुन् । बजेट अधिवेशन बोलाउने तयारी भइरहेको बेलामा उनले बैठक कक्षको अवलोकन गरेका हुन् ।
प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा पनि बैठक कक्ष अवलोकन गर्न प्रधानमन्त्री ओलीसँगै संघीय संसद भवन पुगेका थिए । वुधबार बालुवाटारमा उनीहरुबीच बजेट अधिवेशन आह्वानका विषयमा छलफल पनि भएको थियो ।
सामाजिक दुरी कायम हुनेगरी बसाईको संरचना नै बदल्न लागिएको छ । संविधानअनुसार जेठ १५ गते बजेट ल्याउनुपर्ने व्यवस्था रहेको छ ।















प्रतिक्रिया