
काठमाडौँ, १७ वैशाख । प्रहरीले मोबाइल लुटेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । मोबाइल लुटपाट गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका ३ देउवा चोक घर भएका १९ वर्षीय अनिस सुनार सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुले सोही नगरपालिका ६ सेराफाँट बस्ने एक व्यक्तिको मोबाइल लुटी फरार भएको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले सोही नगरपालिका ४ पञ्चकन्या मन्दिरमा लुकीछिपि बसेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट लुटेको उक्त मोबाइल १ थान, नियन्त्रित लागूऔषध स्पास्मो १२ चक्की, प्रगस्थर १२ ट्याब्लेट, अवैध लागूऔषध चरेश करिब १० ग्राम, र नगद ३ हजार रुपैयाँ समेत प्रहरीले बरामद गरेको छ ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया