४ कार्तिक २०८३, बुधबार

नेपाली थिएटरलाई माया गर्ने बलिउड कलाकार इरफान खानको निधन

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली थिएटरलाई माया गर्ने बलिउड कलाकार इरफान खानको बुधबार निधन भएको छ ।

भारतीय दैनिक ट्रिव्युनको अनलाइन संस्करणका अनुसार ५४ बर्षको उमेरमा खानको मुम्बईस्थित कोकिलाबेन धीरुभाई अम्बानी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

उनलाई स्वासप्रश्वासमा समस्या भएपछि मंगलबार अस्पताल भर्ना गरिएको थियो । उनलाई नशासम्बन्धी क्यान्सरको समस्या भएपछि २०१८ मा उपचार गरिएको थियो । सोही रोगका कारण उनका विभिन्न अंगमा समस्या देखिएको बताइन्छ ।

बलिउड फिल्ममा खानको अभिनय अभूतपूर्व रहेको थियो । केही हलिउड फिल्ममा पनि उनको अभिनयको चर्चा भएको थियो । खान नेपालको प्राकृतिक सम्पदा र नेपाली कलालाई माया गर्ने बलिउडका कलाकार थिए ।