७ मंसिर २०८३, सोमबार

नेपाली सेनामा यसरी भयो शर्माको उदय, प्रधानसेनापति थापाका उत्तराधिकारी

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ वैशाख । नेपाली सेनामा भावी प्रमुखका रुपमा प्रभुराम शर्माको उदय भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्ना उत्तराधिकारीका रुपमा शर्मालाई अगाडि बढाएका हुन् । जसलाई सरकारले अनुमोदन गरिसकेको उच्च स्रोतको दाबी छ ।

सेनाका उच्च अधिकारी कतिपयको नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा कारबाहीमा पार्दै थापाले शर्माको उदय गराएका हुन् । थापाले सेनामा सुरु गरेको कारबाही प्रक्रियाबारेको टिप्पणी हुने क्रममा नै शर्माको उदय हुने लख काटिएको थियो ।

शर्मालाई रथीमा बढुवा गर्न रक्षा मन्त्रालयमार्फत मन्त्रिपरिषदमा सिफारिस गरिएको थियो । जसलाई सरकारले अनुमोदन गरिसकेको छ । रथीको फूली लगाउनासाथ शर्माले सम्भार विभागको जिम्मेवारी पनि पाएका छन् ।

उपरथीबाट रथीमा बढुवा भएका शर्माले थापापछि नै प्रधानसेनापति हुने मौका पाउँदैछन् ।

बलाधिकृत रथी शरद गिरीको अध्यक्षतामा बसेको बोर्ड बैठकले शर्माको नाम सिफारिस गरेको थियो । थापाको कार्यकाल २०७८ भदौसम्म छ । दोश्रो वरियतामा रहेका रथी(बलाध्यक्ष) गौरव तण्डुलले उमेर हदका कारण शुक्रबारबाट अवकास पाउँदैछन् । उनले अवकास पाएपछि शर्माले रथीको कार्यभार सम्हाल्नेछन् ।

पहिलो वरियतामा रहेका रथी गिरीले असारको पहिलो साता उमेर हदका कारण अवकास पाएपछि शर्मा एक बलाध्यक्ष रथी बन्नेछन् । योसँगै प्रधानसेनापतिका लागि उनको दाबेदारी स्वभाविक बन्नेछन् । शर्माको कार्यकाल पनि २०७८ सम्म छ ।