७ मंसिर २०८३, सोमबार

यस्ताे रहेछ बुधबार देशभरिको मौसम

924
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ वैशाख । देशभरिको मौसम बुधबार पनि सामान्यतया बदली भई केही स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायु र स्थानीय वायुको प्रभाव र पूर्वी क्षेत्र नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण मौसम बदली भएको हो ।

बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेको मौसमविदले बताएका छन् ।

हाल देशको पश्चिमी भू–भाग लगायत पहाडी भेगमा सामान्य बदली भई पश्चिमका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको मौसमविदले बताएका छन् ।

मंगलबार दिउँसो देशभर सामान्य बदली रही पश्चिमका थोरै स्थानमा मेघगर्जनर चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

देशभर सामान्य बदली रही मध्य र पूर्वका केही स्थानमा तथा पश्चिमका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।