७ मंसिर २०८३, सोमबार

सुरेन्द्र यादव प्रकरणमा डा. भट्टराई लगायतलाई साइबर मुद्दा हाल्नुको कारण

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ वैशाख । राष्ट्रिय युवा संघ र अनेरास्ववियुका तर्फबाट पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, हिसिला यमी, विश्वदिप पाण्डे र आङकाजी शेर्पाविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा साइबर क्राइमको मुद्दा दर्ता गर्नुको मुख्य कारण सामाजिक सञ्जालको दुरुपयोग हुनु उल्लेख गरिएको छ ।

समाजवादी पार्टीका प्रतिनिधि सभा सदस्य डा. सुरेन्द्र यादवको अपहरण भएको भन्ने झूठा प्रचार गरिएको र त्यसलाई सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण हिसाबले प्रधानमन्त्री केपी शर्मा ओली समेतलाई गाली गलौज गरिएको भन्ने उजुरीमा उल्लेख गरिएको छ ।

सांसद यादव प्रकरणका सुरुदेखि सोमबारसम्म भएका घटनाक्रमलाई उल्लेख गरी परिसरमा दर्ता गरिएको उजुरी यस्तो छ । 

 

राष्ट्रिय युवा संघका तर्फबाट सञ्जिव कुमार सुरज झा र अनेरास्ववियुका तर्फबाट नारायण घर्तीले उक्त उजुरी दर्ता गराएका हुन् ।

उजुरीमा नेकपाका सांसदहरु महेश बस्नेत, किसान श्रेष्ठ र नेपाल प्रहरीका पूर्वआईजी सर्वेन्द्र खनालको मान मर्दन हुनेगरी फेसबुक, ट्वीटरलगायतमा स्टाटस लेखिएको र त्यसले सामाजिक प्रतिष्ठामा आँच पुगेको पनि उल्लेख छ ।