काठमाडाैं, १६ वैशाख । सरकारले आजदेखि लकडाउनलाई थप कडाइ गरेकाे छ ।
आजदेखि उपत्यका भित्रने र बाहिरिने मुख्ने नाकासँगै उपत्यकाभित्र पनि थप कडाइ गरिने गृह मन्त्रालयले जनाएको छ ।
सबै जिल्ला प्रशासन कार्यालयमा पनि यसबारे परिपत्र गरिएको मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए ।
स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, अत्यावश्यक सामान ढुवानी गरिरहेका गाडीलाई आहोर दोहोरमा कुनै अवरोध हुने छैन ।











प्रतिक्रिया