३ कार्तिक २०८३, मंगलबार

काठमाडौंमा बिहान दश बजेसम्म पसल खोल्न पाइने

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ वैशाख । काठमाडौंमा बिहान दश बजेसम्म पसल खोल्न पाइने व्यवस्था भएको छ ।

लकडाउनमा उपभोक्तालाई सहजीकरण गर्न स्थानीय प्रहरीसँग समन्वय गरेर बिहान दश बजेसम्म बजारमा किनमेल गर्ने व्यवस्था महानगरपालिकाले गरेको हो ।

लकडाउनको अवधी दश दिन थपिएकाले यो अवस्थालाई सामान्यतर्फ लैजानका लागि महानगरले किनमेलका लागि केही सहज वातावरण निर्माण गरेको जनाइएको छ ।

यसअघि बिहान ८ बजेसम्म मात्र किनमेल गर्न पाइने व्यवस्था रहेको थियो ।