७ मंसिर २०८३, सोमबार

प्रधानमन्त्री ओली र आफूबीच भनाभन नभएको उपाध्यक्ष गौतमको स्पष्टोक्ति

19.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ वैशाख । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीसँग कुनै प्रकारको भनाभन नभएको जिकिर गरेका छन् ।

आइतबार प्रेस नोट जारी गर्दै प्रधानमन्त्रीसँगको भेटमा पार्टीको स्थायी समिति बैठक डाक्ने विषयमा सौहार्दपूर्ण हिसाबले कुराकानी भएको गौतमले जनाएका छन् ।

‘स्थायी समितिको बैठक राखौं भन्ने प्रस्ताव मैले गरें, प्रधानमन्त्रीले सौहार्दपूर्ण हिसाबले लिनुभयो’, प्रेस नोटमा भनिएको छ,‘बाहिर भनेजस्तो भनाभन वा चर्काचर्की केही पनि भएको छैन ।’

‘समय र परिस्थिति प्रतिकूल जारी अध्यादेशहरु खारेज गरिएपछि पनि अनेकौँ समस्या पार्टी्भित्र उत्पन्न भएका छन् । यी समस्या समाधान पार्टी र पार्टी कमिटीलाई बाइपास गरेर गरेर होइन, प्रधानमन्त्रीले प्रत्यक्ष छलफल गरेर र सबै किसिमका विचारहरुको सामना गरेर मात्र गर्न सकिन्छ’, उनको प्रेस नोटमा भनिएको छ,‘तसर्थ, सचिवालय, स्थायी कमिटी र आवश्यक परे केन्द्रीय कमिटीको बैठक बोलाउनुस् । सबभन्दा पहिले सचिवालय बैठक बोलाउन र सबै कमरेडहरुको सुझावलाई सम्मान गर्दै साझा प्रयत्नबाट समस्या समाधान गर्नोस् भनेर मैले प्रधानमन्त्रीलाई सुझाव दिएको हुँ ।’

उनले अगाडि थपेका छन्,‘उहाँले धैर्यतापूर्वक मेरो सल्लाह सुन्नुभयो, थोरै बोल्नुभयो, म बिदा भएर आएँ । भएको यत्ति हो । सबैलाई यही जानकारी लिन विनम्र अनुरोध गर्दछु ।’