७ मंसिर २०८३, सोमबार

मन्त्रिपरिषदकाे बैठक बस्दै, लकडाउनबारे निर्णय हुने

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ वैशाख । एकमहिनादेखि जारी लकडाउन थपिने र रोकिने बिषयको निर्णय आज बस्ने मन्त्रिपरिषद् बैठकले गर्दैछ ।

कोरोना रोकथाम उच्च स्तरिय समितीको बैठकले कोरोना रोकथाममा भएको कार्यहरु प्रभावकारी रुपमा अघि बढेको विश्लेषण गरेको छ ।

उच्चस्तरीय समितिको बैठकले कोरोना रोकथाममा भैरहेका कार्यहरूलाई निरन्तरता दिने बिषयमा आजको मन्त्री परिषद्को बैठकमा छलफल गर्न केही प्रस्ताव समेत पेश गर्ने निर्णय गरेको छ ।

मुख्य सचिव लोकदर्शन नेतृत्वको कार्यदलले एक हप्ता लकडाउन थप्ने र संक्रमणको अवस्था हेरेर केही ठाउँ खुकुलो गर्न सकिने सुझाव दिएको छ ।

शनिबार बसेको बैठकले रेग्मीको नेतृत्वको कार्यदललाई लकडाउनको मोडालिटी तयार गर्ने जिम्मेवारी दिएको हो ।समितिले सुझाव दिए पनि मन्त्रिपरिषद्ले अन्तिम निर्णय गर्नेछ ।

भारतमा संक्रमणको अवस्था हेरेर पनि मन्त्रिपरिषद्ले लकडाउन थप गर्न सक्ने जनाइएको छ ।