
काठमाडौँ, १३ वैशाख । तिब्बत सरकारद्धारा नेपाल सरकारलाई प्राप्त अनुदानको दैनिक स्वास्थ्य सामग्री नेपाल भित्रिएका छन् । तातोपानी नाकाबाट अनुदान तथा निजी क्षेत्रले खरीद गरेको स्वास्थ्य सामाग्री नेपाल भित्रिएको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।
हालसम्म एन–९५ पिसिआर मेसिन दुई थान, टेष्टिङ किट २० हजार थान तथा मास्क ७२ हजार पाँच सय थान भित्रिएको तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले जनाए ।
त्यसैगरी, स्यानिटाइजर २६ हजार ७३२ लिटर, डिस्पोजेबल मास्क १२ हजार थान, पञ्जा तीन हजार नौ सय थान र पिपिई २१ हजार २६० थान पनि नेपाल भित्रिएको छ ।
२० हजार आठ सय थान डिस्पोजेबल शु–कभर, एक हजार थान प्रोटेक्टिभ चश्मा, पाँच हजार आठ सय थान फेससेइल्ड र ४३० थान मेडिकल वेड म्याट्रिक्स पनि भित्रिएका छन् ।
तिब्बतले ८ करोड ३१ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री नेपाल सरकारलाई अनुदानमा दिएको हो । त्यसमा दश हजार थान एन–९५ मास्क, दश हजार थान पिपिई, एक हजार थान इन्फ्रारेड थर्मोमिटर, दुई थान पिसिआर मेशिन, दश हजार थान टेष्टिङ किट र पचास थान वेट वाइप रहेका छन् । तिबाहेक अन्य स्वास्थ्य सामग्री निजी क्षेत्रले खरीद गरेका हुन् ।
माघ १२ गतेदेखि बन्द गरिएको तातोपानी नाका यही चैत १२ गतेको मन्त्रिपरषदको बैठकले खोल्ने निर्णय गरेको थियो ।















प्रतिक्रिया