
काठमाडौं, १३ वैशाख । कोरोना भाइरस (कोभिड १९) संक्रमण नियन्त्रण उच्चस्तरीय समितिले जारी लक डाउनलाई खुकुलो बनाउने लगायत प्रस्ताव तयार पार्ने भएको छ ।
भारतसँगका सीमा नाकामा कडाई गर्ने, कोरोना भाइरसको संक्रमण देखिएका जिल्ला र प्रदेशमा लक डाउन अझ बलियो बनाउने तर नदेखिएका उपत्यकालगायतका क्षेत्रमा भने खुकुलो बनाउनेलगायतका प्रस्ताव तयार पार्ने स्रोतले जनायो ।
शनिबार समितिको बैठक बस्दैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारको मन्त्रिपरिषदको बैठकमा लक डाउन केही क्षेत्रमा खुकुलो बनाउन सकिने भए पनि सीमामा खुकुलो नहुने जनाएका थिए । त्यसम्बन्धी निर्णय अध्ययनपछि समितिले गर्ने उनले जनाएका थिए ।











प्रतिक्रिया