१ कार्तिक २०८३, आइतबार

धादिङ पिंडा पुकुनका बिरामीमाथि मेघ अस्पतालको व्यापार

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bimala_tamangकाठमाडौं, २७ फागुन । विषादी मिसाएर राखिएको गहुँ पिसाएर रोटी खाँदा सिकिस्त भएका धादिङ पिंडा पुकुनका बिरामीमाथि काठमाडौंका केही अस्पतालले व्यापार गरेका छन्।

पुकुनका स्थानीयले पाँच घन्टा पैदल बोकेर गजुरी प्राथमिक स्वास्थ्य केन्द्र ल्याउँदै गरेका तीन बालबालिकालाई बीच बाटोबाटै उठाएर एम्बुलेन्स चालकले ललितपुरको मेघा अस्पताल ल्याए।
त्यस्तै गजुरीमा उपचार हुन नसकेपछि वीर अस्पताल पठाइएका गर्भवती महिलासहित अन्य तीनलाई अर्को एम्बुलेन्सले बल्खुको शिवज्योति अस्पताल ल्यायो।

सिकिस्त सात वर्षीया सुमित्रा, पाँच वर्षीय रमेश, अढाइ वर्षीया सानुकान्छी तामाङ (अस्पतालको रेकर्डअनुसार)लाई सोमबार सुरुमा पिंडाकै स्थानीय मेडिकलमा लगियो।

‘मेडिकलमा उपचार हुन नसकेपछि स्वास्थ्यकर्मीले हामी एम्बुलेन्सलाई खबर गर्छौं, बिरामी लिएर जाँदै गर भनेर पठाए’, छिमेकी रमेश भण्डारीले भने, ‘बिरामी बोकेर झर्दै गर्दा जोगीमारामा एम्बुलेन्स भेटियो। पहिले गजुरी लैजाऊँ भन्दा एम्बुलेन्स ड्राइभरले हाम्रो कुरै नसुनी काठमाडौंतिर हुइँक्याए।’

भण्डारीका अनुसार एम्बुलेन्स चालकले थानकोट आउनै लागेपछि बिरामी ल्याउँदैछु भनेर मेघा अस्पतालमा फोन गरेका थिए।

त्यहाँ अस्पतालले बिरामी भेट्न नदिएको र करिब दुई घन्टापछि सबैको मृत्यु भयो भन्दै चिकित्सक बाहिर आएको उनले बताएको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

अस्पतालका कार्यकारीनिर्देशक रामप्रसाद पाण्डेले भने, ‘म पनि उतैको हुँ। आफ्नो क्षेत्रका बिरामी छट्पटाएको कसरी हेर्न सकिन्छ र त्यही भएर यतै ल्याउन पठाएको हो। एकको बाटोमै र दुईजनाको उपचारका क्रममा मृत्यु भएको हो।’

छिटो उपचार खाँचो रहेका उनीहरूलाई कलंकीबाट आधा घन्टा लगाएर उक्त अस्पताल पुर्‍याइएको थियो जामका कारण। ‘उनीहरूसरह रोटी खाएका अन्य छिटो उपचार गर्दा बाँचेका छन्। यसमा मेघा अस्पताल र एम्बुलेन्स चालकको बदमासी स्पष्ट हुन्छ। अन्य प्रमाण जुटाउनु पर्दैन’, मेघा पुगेका विजय तामाङले भने।

मेघाले दुई घन्टाको बेड शुल्क दुई हजार चार सय ८५, औषधिको आठ सय ४२ र सुईको दुई सय रुपैयाँ लिएको उनले बताए। उनले भने, ‘सारै नै दुःख लागेको छ। उक्त अस्पतालले गरिब देखेर हामीमाथि लूट मच्चायो, कारबाही हुनुपर्छ।’

गजुरीमा उपचार हुन नसकेपछि वीर अस्पताल पठाइएका गर्भवती सम्झना तामाङ, उनकी सासू फूलमाया, आठ वर्षीय बालक बुद्धसिंह र १५ वर्षीया लक्ष्मीलाई अर्को एम्बुलेन्सले बल्खुस्थित शिवज्योति अस्पताल ल्याएको थियो।

‘हामी केन्द्रले भनेअनुसार वीरमा लैजान लागिएको होला भनेर चुपचाप आयौं तर कलंकी आएपछि एम्बुलेन्स त बल्खुतिर सोझियो’, उनले भने, ‘आपत्का बेला झगडा पनि गर्नु भएन।’

एम्बुलेन्स चालक भुवन न्यौपानेले अस्पतालको आदेशमा बिरामी ल्याएको दाबी गरे।

‘बिरामी लिएर आउँदै गर्दा शिवज्योति अस्पतालबाट फोन गरेर मनमोहन र त्यहाँ आधाआधा बाँड्ने कुरा भएको छ, त्यसले यतै ल्याउनुहोस् भनियो’, न्यौपानेले भने, ‘त्यसपछि मैले त्यतै लगें।’

उपचार राम्रो नभएको भन्दै त्यहाँ भर्ना गरिएका बिरामीलाई मंगलबार आफन्तले स्वयम्भूस्थित मनमोहन मेमोरियल मेडिकल कलेज एन्ड टिचिङ अस्पताल लगेका छन्।

त्यहाँ पुकुनका ११ जना छन्। अस्पताल प्रशासन प्रमुख नवराज रूपाखेतीले भने, ‘सबैको निःशुल्क उपचार गरिरहेका छौं।’