
काठमाडौँ, १२ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार जारी गरेको दुई अध्यादेश खारेज गरेकी छन् । राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ खारेज गरेकी हुन् ।
शुक्रबार राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत राष्ट्रपति भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम अध्यादेशहरु खारेज गरेको जनाएको छ ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले वैशाख ८ गते साँझ ती अध्यादेशहरु जारी गरेकी थिइन् ।
बिहीबारको नेकपा शीर्ष नेताहरुसँगको छलफलपछि सरकारले अध्यादेश फिर्ता लिने तयारी गरेको थियो ।
















प्रतिक्रिया