![]()
काठमाडौँ, १२ वैशाख । फागुन ३० गते साउदी अरबबाट नेपाल आएका भोजपुरका एक २६ वर्षीय कोरोनाभाइरस संक्रमित युवक विभिन्न व्यक्तिको सम्पर्कमा पुगेको खुलासा भएको छ ।
हतुवागढी गाउँपालिका–६ होम्ताङका ती युवक कोरोना पुष्टि हुनु्पूर्व नै हिमालयन एयरलाइन्सबाटमा काठमाडौँ झरेका उनी मामाघर र ससुराली हुँदै घर पुगेको खुलेको छ ।
उनी काठमाडौँबाट रात्री बसमा साथीसँग सुनसरीको झुम्का पुगेका थिए । त्यस्तै, चतरामा श्रीमती बसेको डेरामा पुगेका थिए । त्यसपछि परिवारसहित सार्वजनिक बसमा चढी मामाघर धरान पुगेका जहाँ उनले बजारमा किनमेल पनि गरेका उनका आफन्तले जनाएका छन् ।
उनी ८ सुनसरीको धरान, चतरा र इटहरीका साथीहरुसँग रहेका थिए । त्यस्तै उनी चैत ९ गते उदयपुर ससुराली घर पुगेको पनि खुलेको छ । त्यहाँ उनी २ दिन बसेर ११ गते मोटरसाइकलमा दुधाकेशीका आसपासका क्षेत्र घुमेको बताइएको छ ।
त्यस्तै, उनी भोजपुर पुगेपछि पनि गाउँका साथीहरुसँग भलिबल खेल्ने तथा गाउँमा मलामी गएको समेत बताइएको छ । उनी गाउँ पुगेपछि स्थानीयले स्वास्थ्य मन्त्रालयको हटलाइन नम्बरमार्फत जानकारी गराएका थिए ।
उनी त्यसरी गाउँका विभिन्न मानिसहरुसँग सम्पर्कमा आएकाले गाउँमा त्रास फैलिएको छ । स्थानीयहरुले गाउँ नै सिल गरेर स्वास्थ्य परीक्षण गर्न माग गरेका छन् ।
हतुवागढी–१ को घोरेटारस्थित आइसोलेशनमा रहेका उनलाई आजै विराटनगरस्थित कोशी अस्पतालमा पठाउने तयारी भइरहेको छ ।
त्यस्तै, जिल्ला प्रशासनले उनीसँग सम्पर्कमा आएका सम्भावित मानिसहरुको आरडीटी परीक्षण गरिने जनाएको छ ।















प्रतिक्रिया