
काठमाडौँ, १२ वैशाख । भोजपुरका कोरोना संक्रमित युवकलाई विराटनगर लगिने भएको छ । भोजपुरको हतुवागढी गाउँपालिका ६ होम्ताङका युवकलाई उपचारका लागि विराटनगर लगिने भएको हो ।
फागुन ३० गटे अरबबाट फर्किएका उनमा हिजो कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको थियो । हिजै उनलाई स्थानीय स्वास्थ्य केन्द्रमा आइसोलेसनमा राखिएको थियो ।
उनलाई थप उपचारका लागि विराटनगरको कोरोना अस्पताल पठाइने निर्णय भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।















प्रतिक्रिया