
बाँके, १२ वैशाख । बाँकेको बैजनाथ गाउँपालिका २ मा तीन जना बालकको मृत्यु भएको छ । पितमारीस्थित बन्दै गरेको क्षेत्रिय कारागारको कम्पाउण्ड बाहिर रहेको पानी निकासको लागि खनेको नालामा जम्मा भएको पानीमा डुबेर तीन जनानाबालकको बिहीबार साँझ मृत्यु भएको हो ।
मृत्यु हुनेहरु सोही ठाउँ बस्नेहरु १२ वर्षीय नरेश कुवर, १२ वर्षीय नबिन परीयार र ११ वर्षीय अमिल रावल रहेका छन् । उनीहरुको खेल्ने क्रममा डुबेर मृत्यु भएको बताइएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया