
काठमाडौँ, ११ वैशाख । भोजपुरमा पनि एक जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । हथुवागढीका एक जना २६ वर्षीय युवकमा कोरोना पोजेटिभ देखिएको प्रदेश एक सरकारले जनाएको छ । उनको स्वाब बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा कोरोनाभाइरस संक्रमण देखिएको हो ।
उनी विदेशबाट आएका हुन् वा होइनन् भन्नेबारे विवरण आउन बाँकी छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ पुगेको छ । यसअघि सर्लाहीका एक १४ वर्षीय किशोर र उदयपुरमा एक जना थप गरी बिहीबार थप ३ जनामा संक्रमण पुष्टि भएको छ ।















प्रतिक्रिया