
काठमाडौँ, ११ वैशाख । सर्लाहीका एक जना १४ वर्षीय किशोरमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धनकौल गाउँपालिकाका ति किशोरको गत शुक्रबार आरडीटी रिपोर्ट पोजेटिभ देखिएपछि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा पिसिआर जाँचका लागि लगिएको थियो ।
ति किशोर गत चैत २३ गते लकडाउनकै समयमा भारतको दिल्लीबाट फर्केका थिए । भारतबाट आएको थाहा पाएपछि प्रहरीले उनलाई गाउँको क्वारेन्टाइनमा राखेको थियो ।
सुरुमा पीसीआर परीक्षणमा नेगेटिभ नै रिपोर्ट आएको तर पुनः जाँचका लागि काठमाडौँ पठाउँदा पोजेटिभ भेटिएको हो ।
अब उनलाई आइसोलेसनमा राखिने बताइएको छ । किशोर दिल्लीमा मजदुरी गर्दै आएको खुलेको छ ।















प्रतिक्रिया