२ कार्तिक २०८३, सोमबार

पत्रकार महासंघ प्युठानकी उपाध्यक्षको निधन

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ वैशाख । नेपाल पत्रकार महासंघ प्युठानकी उपाध्यक्ष बसन्ता भट्टको निधन भएको छ । लामो समयदेखि उपचाररत ४४ वर्षीया भट्टको बिहीबार बिहान पौने १० बजे खलंगास्थित निवासमै निधन भएको हो ।

उनी महासंघको कोषध्यक्ष हुँदै उपाध्यक्ष पदमा रहेर क्रियाशील थिइन् । उनी सामुदायिक रेडियो महिला आवाज प्यूठानकी अध्यक्षसमेत थिइन् ।

महासंघले शोक विज्ञप्ति जारी गर्दै नेपाली पत्रकारिताले एक जुझारु र अनुभवी महिला पत्रकार गुमाएको जनाएको छ ।

महासंघका महासचिव रमेश विष्टले शोक विज्ञप्तिमार्फत स्वर्गीय भट्टप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेका छन् ।